दमौली, १६ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङको व्यवस्था गरेपछि यातायात व्यवसायीले शुक्रबारदेखि सुरु गरेको यातायात बन्दले तनहुँको जनजीवन प्रभावित बनेको छ । निजी सवारी साधनलाई राइड सेयरिङ प्रयोग गर्न दिने सरकारको निर्णयपछि यातायात व्यवसायीले यातायात बन्द गरेका हुन् ।
आन्दोलनका कारण जिल्लामा सार्वजनिक यातायात नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । प्रदेश सरकारले उक्त निर्णय नसच्याएसम्म आन्दोलन नरोकिने मजदुर नेता सूर्यभक्त पौडेलले बताए ।