दमौली, १६ जेठ । यातायात व्यवसायीको आन्दोलनका कारण शुक्रबार सार्वजनिक यातायात नचलेपछि समस्यामा परेकालाई सामाजिक अभियान्ता सुदीप गफ्फारले सेवा दिने भएका छन् ।
यातायातका साधन नचलेर बिरामीहरूलाई घरबाट अस्पताल जान र अस्पतालबाट घर जान समस्या भएपछि गफ्फारले मोटरसाइकलमा सेवा दिन लागेका हुन् ।
उनले भने, ‘कोही बिरामी हुनुहुन्छ र अस्पताल आउन निकै नै कठिनाई भएको छ भने मलाई सम्झिनुहुन म हार्दिक अनुरोध गर्दछु र तपाईहरुलाई म घरदेखि हस्पिटल र अस्पतालदेखि घर लैजाने पनि म जानकारी गराउन चाहन्छु ।’