तनहुँकी एक बालिका त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकी एक बालिका त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८२, शुक्रबार

    दमाैली, १६ जेठ । त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता भएकी छन् ।

    तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग डुबेर बेपत्ता भएकी हुन् ।

    बिहिबार साँझ ६ बजेतिर बेपत्ता भएकी सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ । शुक्रबार बिहान ११ बजेदेखि खोजी कार्य चलिरहेको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण चितवनका सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोले जानकारी दिए ।