दमौली, १६ जेठ । गणतन्त्र दिवसको अवसरमा तनहुँको भानुमा शुक्रबार वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा भानु नगरपालिका-२ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना भानुको संयोजनमा वृक्षारोपण गरिएको मनकामना गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।
सो अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, भू तथा जलाधार संरक्षण ब्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेल, डिभिजन वन कार्यालय तनहुँका निमित्त प्रमुख शरद अधिकारी, कालिभञ्जन गण ( ई ) का गणपति प्रमुख सेनानी बसन्त कार्की, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापा लगायतले वृ़क्षारोपण गरेका थिए ।
त्यसक्रममा एबोकाडो, ऑप , लिचि, कटहर, चाँप, गुलमोहर, धुपी, म्याङ्गोस्टीक, बेल, किम्बु, राईखनियो, अमला, निम, कल्की, कपुर, अशोका, बडहर, पारिजात, हर्रो लगाएतका बिरुवा रोपिएको थियो ।