दमाैली, १६ जेठ । सामाजिक अभियान्ता सुदीप गफ्फारकाे सक्रियतामा भाेलि शनिबार बुल्दीखाेला सरसफाइ अभियान हुँदैछ । बुल्दीखाेलालाई सफा र स्वच्छ बनाउने उद्धेश्यसहित सरसफाइ अभियान सञ्चालन गर्न लागिएकाे हाे ।
सरसफाइ अभियानका क्रममा धेरै फाेहर टिप्ने समूहलाई नगद रु दश हजार र दाेस्राे हुनेलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
गफ्फारले भने, “यो केबल फोहर सङ्कलन गर्ने र मनोरञ्जनमात्रै होइन । हाम्रो मुख्य उद्धेश्य भनेको जनचेतना जगाउनु हो ।” विगतको वर्षमा आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउँदै उनले अहिले त्यसैको निरन्तरता भएको उल्लेख गरे ।