दमौली, १७ जेठ । नेपाल विद्युत प्राधिकरण ऑबुखैरेनी सवस्टेशनको स्वीचयार्डमा जडान गरिएको इनकमिङ सिटी पड्केर ट्रान्सफर्मर आगलागी हुँदा विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको छ ।
शनिबार बिहान ५:४७ बजेदेखि उक्त सवस्टेशनबाट विद्युत आपूर्ति हुने विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको हो ।
जलेको सामग्री फेरेर विद्युत सुचारु गराउन काम भइरहेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए।
ऑबुखैरेनी, मुग्लिङ, गोरखा जिल्ला, सत्रसय याम्पा, याङकोट, धुवाकोट, ढाव, दराईटारमा विद्युत अवरुद्ध भएको छ ।