बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन सुरु (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन सुरु (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८२, आईतवार

    दमाैली, १८ जेठ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु गरिएको छ । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आजदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको हो ।

    बन्दीपुरमा उक्त चलचित्रको छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् आजदेखि चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

    बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब तीन सय जना स्थानीयवासीलाई दैनिक रु एक हजारदेखि रु एक हजार पाँचसम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायाङ्कन हुने जनाइएको छ ।

    बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । उनले भने, “विदेशी चलचित्रको छायाङ्कनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो । यसले यहाँको पर्यटन प्रबद्र्धन गर्न सहयोग पुग्नेछ ।”

    May be an image of 2 people and text
    May be an image of 2 people and temple

    सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पले यो चलचित्रको निर्माण गर्न लागेको हो ।

    No photo description available.

    May be an image of temple
    No photo description available.