मादीसेती सहकारीको बजेट, नीति तथा कार्ययोजना तर्जुमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मादीसेती सहकारीको बजेट, नीति तथा कार्ययोजना तर्जुमा

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८२, सोमबार

    दमौली, १९ जेठ । मादीसेती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/ ८३ का लागि वार्षिक बजेट, नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ।

    संस्थाकी अध्यक्ष सुशीला शर्माको अध्यक्षतामा सोमबार आयोजित कार्यक्रमको गण्डकी प्रदेशका पूर्व सांसद सरिता गुरुङले उद्घाटन गरेकी छन् । सहकारीको संस्थापक अध्यक्षसमेत रहेकी गुरुङले
    सहकारिताको मुल उद्धेश्य सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नु भएको बताइन् ।

    उनले सहकारीको उद्धेश्य पुरा गर्नका लागि सहकारी संस्थाहरुले सदस्यहरुको आवश्यकता सम्बोधन गर्ने गरी व्यवसाय संचालन गनुपर्नेमा जोड दिइन् । नेपालको परिप्रेक्षमा वित्तीय कारोवार गर्ने गरी बचत तथा ऋण सहकारी र अन्य व्यवसाय समेत गर्ने गरी अन्य प्रकृतिको सहकारी संस्थाहरुको संरचना रहेको अवस्थामा सदस्यको आवश्यकता र संस्थाको प्रकृतिलाई समेत ध्यानमा राखी वार्षिक योजना तथा बजेट तर्जुमा गनुपर्ने बताइन् ।

    संस्थाकी उपाध्यक्ष सरला श्रेष्ठ, सचिव निर्मला मल्ल, कोषाध्यक्ष देवीमाया गुरुङ, लेखा सुपरिवेक्षण समितिका संयोजक गीता गुरुङ, शिक्षा उपसमिति संयोजक अञ्जना तिमल्सेना, कार्यसमिति सदस्यहरू सरु श्रेष्ठ, आशा बाँनिया, व्यवस्थापक निरु दुराको उपस्थितिमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्ड, बचत नीति, ऋण व्यवस्थापन नीति, कर्मचारी प्रशासन नीति, सम्पत्ति शुद्धीकरण नीति र बजेट तर्जुमाका सम्बन्धमा छलफल गरिएको संस्थाकी सचिव निर्मला मल्लले जानकारी दिएकी छन्।