सांसद नेपालीकाे गुनासाे : दमाैलीमा झण्डै गाडी ताेडफाेड भएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद नेपालीकाे गुनासाे : दमाैलीमा झण्डै गाडी ताेडफाेड भएन

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८२, मंगलवार

    काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले आफूलाई यातायात व्यवसायीले रोकेर गाडी समेत झन्डै तोडफोड गरेको गुनासो गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

    सोमबार तनहुँको दमौलीमा आफू चढेको गाडी व्यवसायीले रोकेको उनले बताए । हिजो देशभर यातायात व्यवसायीहरूले सार्वजनिक यातायात हडताल गरेका थिए ।

    सो क्रममा आफूमाथि घटेको घटना सुनाउँदै उनले समितिको बैठकमा भने, ‘हिजो मलाई दमौलीमा यातायात व्यवसायीहरूले रोके । मैले आफ्नो पद भनेर उहाँहरूले छोड्नुभयो । गाडी झन्डै तोडफोड भएन । मैले पद भनेर उम्किएँ ।’

    निजी सवारीमा हिँड्दा समेत यातायात व्यवसायीहरूले रोकेर गाडी तोडफोड जस्ता गतिविधि गरिरहेको भन्दै उनको आपत्ति थियो । यातायात व्यवसायीहरूको माग पूरा नभएको कारणले गाडीबाट निकालेर पठाउने काम भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

    ‘निजी सवारीमा हिँडेको मानिसहरूलाई यातायात व्यवसायीहरूको माग पूरा नभएको कारणले गाडीबाट निकालेर पठाउने काम पनि भएको थियो । यो आउनुमा को जिम्मेवारी भन्ने विषय त महत्त्वपूर्ण होला नि,’ सांसद नेपालीले भने, ‘तीन चरणको बैठकमा बुँदा नम्बर १ मा मात्र सहमति हुन नसकेको कुरा छ । यातायात व्यवसायी र सरकारबीच राम्रो निर्णय होस् भन्ने चाहन्छु ।’