जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न पालिकामा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न पालिकामा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८२, मंगलवार

    दमाैली, २० जेठ । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लास्थित व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिकाले उक्त दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

    व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले आज सूचना प्रकाशित गरी सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय भएको जानकारी दिए ।

    नगरभित्र रहेका सबै समुदायहरुले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरु सञ्चालन गरी सामाजिक एकताको सन्देश दिन सबैलाई आग्रह गरिएको उनकाे भनाइ छ ।