दमाैली, २० जेठ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी अनिवार्य अवकाशमा गएका छन् । करिब आठ महिना तनहुँको सहायक प्रजिअ रहेका भण्डारी जेठ १५ गतेदेखि अनिवार्य अवकाश भएका हुन् ।
भण्डारीको अनिवार्य अवकाश भएसँगै तनहुँको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दीपक रेग्मीले सम्हालेका छन् ।