यातायात व्यवसायीको आन्दोलन फिर्ता, बेलुकादेखि नै गाडी चल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यातायात व्यवसायीको आन्दोलन फिर्ता, बेलुकादेखि नै गाडी चल्ने

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८२, मंगलवार

    काठमाडौं, २० जेठ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । यससँगै अब बेलुकादेखि नै गाडी चल्ने चल्ने व्यवसायीले बताएका छन् ।

    गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।

    उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’

    गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।