शान्तिनगरको पुलमा मोवाइल भेटियो, सम्पर्कविहिन मल्लको खोजी हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शान्तिनगरको पुलमा मोवाइल भेटियो, सम्पर्कविहिन मल्लको खोजी हुँदै

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८२, बुधबार

    दमौली, २१ जेठ । व्यास नगरपालिका-२ कालिकामार्ग निवासी तारा मल्ल सम्पर्कविहिन भएपछि खोजी कार्य सुरु गरिएको छ । व्यास नगरपालिका-३ शान्तिनगरस्थित मादी नदी पुलमा बुधबार बिहान झोलामा मोवाइल भेटिएपछि सम्पर्कविहिन भएको आशङ्कामा मल्लको खोजी सुरु गरिएको हो ।

    परिवार र स्थानीयवासीले मादी नदी आसपास उनको खोजी कार्य गरिरहेको छ । मल्ल पुलबाट मादी नदीमा हाम फालेर बेपत्ता भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले मल्ल सम्पर्कविहिन भएको सूचना आएको जनाएको छ ।