दमाैली, २१ जेठ । सङ्घ सरकारले तनहुँका स्थानीय तहलाई रु चार अर्ब ८२ करोड भन्दा बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले जिल्लाका दश स्थानीय तहका लागि रु चार अर्ब ८२ करोड ३८ लाख बजेट विनियोजन गरेको हो ।
चार नगरपालिका र छ गाउँपालिकालाई अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ९८ करोड ५१ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८३ करोड ८७ लाख बजेट विनियोजन भएको छ ।
भानु नगरपालिकाका लागि रु ६२ करोड ६४ लाख, भिमाद नगरपालिकाका लागि रु ४३ करोड १८ लाख, व्यास नगरपालिकाका लागि रु एक अर्ब १२ करोड ५३ लाख, शुक्लागण्डकी नगरपािलकाका रु ८० करोड १६ लाख बजेट विनियोजन भएको छ ।
आँबुखैरेनी गाउँपालिकाका लागि रु २७ करोड २८ लाख, ऋषिङ गाउँपालिकाका लागि रु ३५ करोड ७६ लाख, घिरिङ गाउँपालिकाका लागि रु २९ करोड ३९ लाख, देवघाट गाउँपालिकाका लागि रु ३१ करोड ४२ लाख, म्याग्दे गाउँपालिकाका लागि रु २८ करोड ४३ लाख, बन्दीपुर गाउँपालिकाका लागि रु ३१ करोड ५९ लाख बजेट विनियोजन भएको छ ।
भानु नगरपालिकाका लागि समानीकरण अनुदानतर्फ रु १३ करोड ७२ लाख, सशर्त अनुदानतर्फ रु ४४ करोड ४२ लाख, विशेष अनुदानतर्फ रु तीन करोड ५० लाख र समपुरक अनुदानतर्फ रु एक करोड विनियोजन भएको छ ।
भिमाद नगरपालिकाका लागि समानीकरण अनुदानतर्फ रु ११ करोड नौ लाख, सशर्त अनुदानतर्फ रु २९ करोड ८० लाख, विशेष अनुदानतर्फ रु एक करोड २७ लाख र समपुरक अनुदानतर्फ रु एक करोड दुई लाख बजेट विनियोजन भएको छ ।
व्यास नगरपालिकाका लागि समानीकरण अनुदानतर्फ रु १८ करोड ३३ लाख, सशर्त अनुदानतर्फ रु ९२ करोड ३५ लाख, विशेष अनुदानतर्फ रु ८५ लाख र समपुरक अनुदानतर्फ रु एक करोड बजेट विनियोजन भएको छ ।
शुक्लागण्डकी नगरपालिकाका लागि समानीकरण अनुदानतर्फ रु १४ करोड ४८ लाख, सशर्त अनुदानतर्फ रु ६३ करोड ५० लाख र समपुरक अनुदानतर्फ रु दुई करोड १८ लाख बजेट विनियोजन भएको छ ।
आँबुखैरेनी गाउँपािलकाका लागि समानीकरण अनुदानतर्फ रु नौ करोड ४८ लाख, सशर्त अनुदानतर्फ रु १६ करोड ८९ लाख र समपुरक अनुदानतर्फ रु ९१ लाख बजेट विनियोजन भएको छ ।
ऋषिङ गाउँपालिकाका लागि समानीकरण अनुदानतर्फ रु दश करोड २५ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड पाँच लाख, विशेष अनुदानतर्फ रु ७८ लाख र समपुरक अनुदानतर्फ रु एक करोड ६८ लाख बजेट विनियोजन भएको छ ।
घिरिङ गाउँपालिकाका लागि समानीकरण अनुदानतर्फ रु आठ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु १७ करोड ६३ लाख, विशेष अनुदानतर्फ रु ७५ लाख र समपुरक अनुदानतर्फ रु दुई करोड ४१ लाख बजेट विनियोजन भएको छ ।
देवघाट गाउँपालिकाका लागि समानीकरण अनुदानतर्फ रु आठ करोड १७ लाख, सशर्त अनुदानतर्फ रु २१ करोड ५८ लाख, विशेष अनुदानतर्फ रु ६८ लाख र समपुरक अनुदानतर्फ रु ९९ लाख बजेट विनियोजन भएको छ ।
म्याग्दे गाउँपालिकाका लागि समानीकरण अनुदानतर्फ रु नौ करोड ८६ लाख, सशर्त अनुदानतर्फ रु १६ करोड ४७ लाख, विशेष अनुदानतर्फ रु ९० लाख र समपुरक अनुदानतर्फ रु एक करोड २० लाख बजेट विनियोजन भएको छ ।
बन्दीपुर गाउँपालिकाका लागि समानीकरण अनुदानतर्फ रु रु आठ करोड ९९ लाख, सशर्त अनुदानतर्फ रु २० करोड ८४ लाख, विशेष अनुदानतर्फ रु ८५ लाख र समपुरक अनुदानतर्फ रु ९१ लाख बजेट विनियोजन भएको छ ।