दमौली, २१ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा बुधबार बस र मोटरसाइकल ठोक्किएको छ ।
ग१ ख ९३९९ नम्बरको बस र ग१७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइतेलाई दमौली अस्पताल लगिएको छ । विस्तृत विवरण आउन बॉकी छ ।