दमाैली, २१ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार दिउँसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको माछापुच्छ«े गाउँपालिका–४ बस्ने २४ वर्षीय सरोज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पौडेल गम्भीर घाइते भएका थिए । घाइते पौडेललाई प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
सवारी चालक तनहुँको शुक्लागण्डकी-१० बस्ने ३४ वर्षीय तारापति शर्मा जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।