दमौली, ३१ जेठ । मेदिनी शर्मा चुँदेलीको कृति खण्ड काव्य “पुकार”को शुक्रबार चन्द्रावती मा. वि. तनहुँको सभाहलमा एक समारोहका बीच लोकार्पण गरिएको छ ।
कृतिको लोकार्पण प्रमुख अतिथि भानु नगर प्रमुख आनन्द राज त्रिपाठी, सहित्यिक व्यक्तित्व शेषमणि आचार्य, जेष्ठ नागरिक बासुदेब शर्मा ढकाल, चन्द्रावती माविका प्र.अ. प्रेमनाथ ढकाल लगायतले संयुक्त रुपमा गरेका हुन् ।
लोकार्पण पश्चात समिक्षात्मक टिप्पणी चन्द्रवती मावि नेपाली शिक्षिका हिमकला दवाडी बराल, समाजिक तथा राजनैतिक व्यक्तित्व विद्यानाथ ढकाल र साहित्यिक व्यक्तित्व शेषमणी आचार्यले गरेका थिए ।
सर्जककी धर्मपत्नी कामदा पण्डित, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी, बुद्धिजीवी, ज्येष्ठ नागरिकको उपस्थितिमा भएको कृति लोकार्पण कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठी, रामबहादुर अधिकारी, निर्मल पण्डित, डा.पंकज कोइराला, अजित आचार्य, बाबुराम खनाल, विकास पण्डित लगाएतले शुभकामना दिएका थिए ।