दमौली, ४ असार । छाब्दीका अविनाश पन्थको सक्रियतामा क्यान्सर पीडित श्रीकृष्ण विकको उपचारका लागि ५७ हजार आठ सय एक संकलन भएको छ ।
आर्थिक अभावले उपचारमा समस्या भएपछि पन्थले सहयोग संकलन अभियान चलाएका थिए ।
विकको अवस्था हाल सुधार रहेको बताइएको छ। नियमित औषधि, आवश्यक परीक्षण, र पोषणयुक्त खानपानमा सहयोग पुगेसँगै उनको स्वास्थ्यमा उल्लेखनीय प्रगति देखिएको पन्थले उल्लेख गरे ।