दमाैली, ४ असार । तनहुँ सदरमुकाम दमाैलीमा अनियमित विद्युत कटाैतीले उद्याेगी व्यवसायी हैरानीमा परेका छन् । झ्याप्प झ्याप्प विद्युत कटाैती भइरहने समस्याले यहाँका व्यवसायी दिक्क भएका हुन् ।
बिना सूचना दिनमै १०/१५ पटक भन्दा बढी बत्ती जाने समस्या भएपछि तनहुँ उद्याेग वाणिज्य सङ्घले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजयराज रेग्मीकाे ध्यानाकर्षण गराएकाे छ ।
सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रकाे नेतृत्वमा पुगेकाे टाेलीले रेग्मी समक्ष अनियमित तरिकाले विद्युत कटाैती हुने समस्या समाधानका लागि आग्रह गरेकाे छ ।