शुक्लागण्डकीमा कार्यरत अमिन खड्का सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा कार्यरत अमिन खड्का सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८२, बुधबार

    दमौली, ४ असार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा कार्यरत अमिन ताराप्रकाश खड्का मगर सम्पर्कविहिन भएका छन् । भूमि समस्या समाधान समितिमार्फत् करारमा नगरपालिकामा कार्यरत उनी मंगलबारदेखि सम्पर्कविहिन भएका हुन् ।

    उनी दिउँसो १:३० बजेदेखि कार्यालय नगएको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ।

    रुकुम पश्चिम मुसीकोट- ११ स्थायी ठेगाना भएका उनी केह समयदेखि भूमि समस्या समाधानको कार्यालयमार्फत् यहॉ खटिएका थिए । उनको अन्तिम मोवाइल लोकेसन बुधबार बिहान भिमादको देखाएको बताइएको छ ।