आँबुखैरेनीमा अस्पताल निर्माणका लागि १० रोपनी जग्गा दिने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा अस्पताल निर्माणका लागि १० रोपनी जग्गा दिने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८२, बुधबार

    दमाैली, ४ असार । सङ्घीय सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकालाई अस्पताल निर्माणका लागि दश रोपनी जग्गा दिने निर्णय गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको नाममा दर्ता रहेको दश रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिकालाई प्रयोग गर्न दिने स्वीकृत दिएको हो ।

    भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत् उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको थियो ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयको प्रयासपश्चात् जग्गा प्राप्ति सफल भएको बताएका छन् । चुमानले उक्त जग्गामा ट्रमा सेन्टर निर्माण गरिने उल्लेख गरे। पृथ्वीराजमार्गको ७२ किलोमिटर खण्ड तनहुँमा पर्ने र यहाँ दैनिकजसो दुर्घटना भइरहने हुँदा ट्रमा सेन्टर अति आवश्यक रहेको चुमानको भनाइ छ ।