काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ ।
आज बसेको सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखमा उपसभापति डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार, अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनिष झा र कृषि विभाग प्रमुखमा राजन गौतमलाई चयन गरेको प्रवक्ता मनिष झाले बताए ।
विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य-संवाद कार्यदल’ गठन गर्ने निर्णय बैठकले गरेको छ ।