दमाैली, ५ असार । तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटस्थित बेनीमित्र प्राथमिक विद्यालयका विद्यार्थीलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले पोशाक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीलाई उनले बिहीबार विद्यालय पोशाक सहयोग गरेका हुन् ।
आर्थिक रुपमा विपन्न विद्यार्थीलाई पोशाक सहयोगका लागि विद्यालयबाट माग भएपछि सहयोग गरिएको उनले बताए ।
वडाकै पुरानाे विसं २०२९ सालमा स्थापना भएकाे विद्यालयमा जनजाति तथा दलित समुदायका विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयका शिक्षक ईश्वर बास्तोलाले गफ्फारले गरेका सामाजिक कामकाे बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक किशोर सुनामले सराहनीय कार्यको प्रंशसा गरे ।