थर्पुमा भारतीय कारकाे ठक्करबाट माेटरसाइकलमा सवार दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थर्पुमा भारतीय कारकाे ठक्करबाट माेटरसाइकलमा सवार दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८२, बिहीबार

    दमाैली, ५ असार । तनहुँकाे म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा भारतीय नम्बर प्लेटकाे कारकाे ठक्करबाट बिहीबार दुई जना घाइते भएका छन् । पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १२ प ७६३५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको एचआर१३एच२७४५ नम्बरकाे भारतीय नम्बर प्लेटकाे कारले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

    घाइते हुनेमा मोटरसाइकल चालक खोटाङ बारपोखरी ७ थाप्लाङ बस्ने ३४ वर्षीय भबिल तामाङ र निजकाे श्रीमती मनिषा श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ । घाइते दुवैकाे म्याग्दे पोलिक्लिनिक थर्पुमा उपचार भइरहेकाे र अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

    सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।