दमाैली, ५ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी टि २० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलाे खेलमा महालक्ष्मी क्रिकेट एकेडेमीले इष्ट्रन क्रिकेट एकेडेमीलाई एक सय सात रनले पराजित गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको महालक्ष्मीले १४ ओभरमा छ विकेट गुमाएर एक सय ९५ रनको लक्ष्य दिएको थियो । डिएलस प्रविधिबाट खेलाइएको उक्त खेलमा महालक्ष्मीका लक्की खड्काले २६, खड्क बोहोराले तीन, दिपक बोहोरोले ६५, सिद्धार्थ साउदले ७८ र अकिल खानले चार रन जाेडे ।
इष्ट्रनले १४ ओभरमा नौ विकेट गुमाउँदै ८८ रनमात्रै जोड्यो । इष्ट्रनका लागि रोनिम तिवारीले दुई, जेनिस महतले ५०, सुमन सुनारले आठ, प्रदीप यादवले तीन, श्रावण रजकले एक, हनक पुनले सात, सौगात ढकालले एक रन बनाए ।
असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ७५ हजार र द्वितीय हुनेलाई ३० हजार नगद प्रदान गरिने सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।