तनहुँ टि २० क्रिकेट : दमौली क्रिकेट क्लव नौ विकेटले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ टि २० क्रिकेट : दमौली क्रिकेट क्लव नौ विकेटले विजयी

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८२, बिहीबार

    दमाैली, ५ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी क्लव स्तरीय टि २० क्रिकेट प्रतियोगितामा दमौली क्रिकेट क्लव नौ विकेटले विजयी भएको छ ।

    दमौली क्रिकेट क्लवले आज भएको दोस्रो खेलमा हिमालय स्पोर्टस् एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो ।

    टस जितेर व्याटिङ गरेको हिमालयले १९.३ ओभरमा दश विकेट गुमाउँदै एक सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हिमालयका लागि कृष्णनन्दन यादवले दश, अमृत सिंहले चार, इशान श्रेष्ठले दुई, देव राईले १३, विशेष भट्टले ४५, विराज शाहले दश, अधिराज पटेलले २४, गौतम भट्टले ११, विजय श्रेष्ठले दुई र प्रकाश आचार्यले चार रन जाेडे ।

    जवाफी व्याटिङमा उत्रिएको दमौली क्रिकेट क्लवले ९.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेटायो । दमौलीका लागि इम्रान शेषले ६३ र अमृत गुरुङले ६२ रन जाेडे ।