दमौली, ५ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ गोल्लामा बिहीबार भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जेएच ०२ बिएल- ४१२३ नम्बरको फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । घाइतेलाई दमौलीमा सामान्य उपचार पश्चात् पोखरा पठाइएको प्रहरीले जनाएको छ ।