देवघाटका पौडेलको हत्या प्रकरण : एक अझै फरार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटका पौडेलको हत्या प्रकरण : एक अझै फरार

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८२, शुक्रबार

    दमौली, ६ असार । तनहुँको देवघाट गाउँपालिका-५ बद्रीमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या प्रकरणमा संलग्न एक जना अझै फरार छन् । उक्त अभियोगमा दुई जना भने बिहीबार पक्राउ परिसकेका छन् ।

    हत्या अभियोगमा संलग्न रहेका एकिन नामथर वतन नखुलेका अन्दाजी ६०/६५ वर्षीय जोगी भनी बोलाउने व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।

    उक्त घटनामा मकवानपुरको हेटौडा उपमहानगरपालिका–३ हटिया घर हाई हाल तनहुँको देवघाट गाउँपालिका–५ बस्ने ४२ वर्षीय राम लामा र पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी घर भई हाल देवघाट गाउँपालिका–५ बस्ने २८ वर्षीय बुद्ध सारु मगर पक्राउ परिसकेका छन्।

    बिहीबार बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयवासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापश्चात् इप्रका ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा पुगेको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा निजहरु मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ ।