तनहुँ टि २० क्रिकेट : आयर र कंडेलको अर्धशतकमा पेलिकन्सको सानदार जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ टि २० क्रिकेट : आयर र कंडेलको अर्धशतकमा पेलिकन्सको सानदार जित

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८२, शुक्रबार

    दमाैली, ६ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा पाटनमा जारी अन्तर क्लव स्तरीय टि २० क्रिकेट प्रतियोगितामा पेलिकन्स क्लव दुई सय ५६ रनले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको पेलिकन्सले २० ओभरमा सात विकेट गुमाउँदै तीन सय १२ रन बनायो ।

    पेलिकन्सका तर्फबाट दुई खेलाडीले अर्धसतक हाने । पेलिकन्सका क्रिस आयरले ७३ र समिर कंडेलले ५८ रन जोडे । त्यस्तै दिपेश अधिकारीले २७, वंश क्षेत्रीले १८, चन्द्रकान्त पौडेलले ३३, सुप्रिम सुनारले ३८, रोहित चन्दले ११, अलिक श्रेष्ठले १३ रन बनाए ।

    हिमालय स्पोर्टस् एकेडेमीले १०.४ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनमा समेटियो । हिमालयका तर्फबाट अमृत सिहंले ११, कृष्णनन्दन यादवले ४, विशेष भट्टले ११, इशान श्रेष्ठले ४, विराज साहले ४, गौतम भट्टले ८, विजय श्रेष्ठले ६, दिक्षान्त ढकालले १, प्रकाश आचार्यले ३ रन जोडे ।

    उक्त खेलमा पेलिकन्सका चन्द्रकान्त पौडेल प्लेयर अफ दि म्याच घोषित भए । उनले चार विकेट लिएका थिए ।