त्रिदेशीय टी–२० आई सिरिज: स्कटल्याण्डसँग नेपाल पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    त्रिदेशीय टी–२० आई सिरिज: स्कटल्याण्डसँग नेपाल पराजित

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८२, शुक्रबार

    काठमाडाै, ६ असार । स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्र्तगत निर्णायक खेलमा नेपाल पराजित बनेको छ । अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्याण्ड सिरिजको च्याम्पियन बनेको हो । 

    अन्तिम  खेलमा स्कटल्याडले नेपाललाई १९४ रनको लक्ष्य दिएको थियो। नेपाल १५९ रनमै समेटियो । शृङखलामा तीनै टिमले २–२ जित हात पारेपनि नेटरनरेटका आधारमा स्कटल्याण्ड विजयी भएको हो । नेपाल दोस्रो बनेको छ । 

    पहिलो खेलमा नेपाल नेदरल्याड्ससँग सुपरओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । तेस्रो खेलमा नेदरल्याड्सलाई पराजित गरेकोमा चौथो खेलमा नेपालले कमजोर प्रदर्शन गरेको हो । 

    टस जितेर पहिले ब्याटीङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ बनाएको थियो । ब्याटीङतर्फ रुपेश सिंह ४३ रनमा नटआउट रहे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३४, रोहित पौडेलले २७ बाहेक अन्य खेलाडीले सस्तोमै आउट भए। 

    बलिङतर्फ नेपालका कुशल भुर्तेलले २, रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ५० रन तथा रिजन ढकालले ३ ओभरमा ३५ रन दिंदा विकेट लिन सकेनन् ।