लायन्स क्लव अफ तनहुँ सत्यवतीको पद हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ सत्यवतीको पद हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८२, शनिबार

    दमौली, ७ असार । लायन्स क्लव अफ तनहुँ सत्यवतीको पदभार हस्तान्तरण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा वर्ष २०२४/२५ का अध्यक्ष पवित्रा खनालले वर्ष २०२५/२६ का अध्यक्ष सीता वैद्यलाई पद हस्तान्तरण गरिन् ।

    त्यसक्रममा क्लवका अध्यक्ष खनालले आफ्नाे कार्यकालमा सहयाेग गर्ने क्लवका पदाधिकारी एवं सदस्यहरुलाई मायाकाे चिनाे हस्तान्तरण गरिन् ।

    कार्यक्रममा क्लवका वर्ष २०२५/२६ का अध्यक्ष वैद्यले आफूले आफ्नाे कार्यकालमा गर्ने याेजना सार्वजनिक गरिन् । उनले वृक्षाराेपण तथा गाेडमेल, खानेपानी सेवा, विपन्न विद्यार्थीलाई स्टेशनरी सहयाेग, न्यानाे कपडा वितरण, आँखा शिविर, ह्विलचियर वितरण गर्ने याेजना रहेकाे बताइन् ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं लायन्स क्लवका पूर्व गभर्नर अशाेककुमार श्रेष्ठले लायन्सले समाजको मन छुने कार्यक्रमहरु गर्दै आएको बताए । महिला आबद्ध क्लवले दमौलीमा रहेका अन्य लायन्स क्लवभन्दा उत्कृष्ट काम गरेर आफूलाई प्रमाणित गरेको श्रेष्ठको भनाइ थियो ।

    व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, लायन्स क्लवका नेता सुरेन्द्र पौडेल, श्रीभद्र खनाल, व्यास-४ का वडा सदस्य सराेज भण्डारी, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष ओमकार आचार्य लगायतले लायन्स क्लवको गतिविधि सामाजिक क्षेत्रमा सकारात्मक रहेको उल्लेख गरे ।