दमाैली, ७ असार । खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं रासस प्रतिनिधि कृष्ण न्यौपाने सहित तीन पत्रकारलाई लायन्स क्लव अफ तनहुँ सत्यवतीले पुरस्कृत गरेको छ । क्लवले गरेका सामाजिक कार्यको समाचार सम्प्रेषण गरी संस्थाको उन्नयनमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै न्यौपाने सहित तीन पत्रकारलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष एवं मादीसेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्य, मादीसेती प्रवाह दैनिकका कार्यकारी सम्पादक अन्जना तिमिल्सिना रहेका छन् ।
शनिबार यहाँ आयोजित क्लवको पदभार हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं लायन्स क्लव नेपाल ३२५ वि १ का पूर्व गर्भनर अशोककुमार श्रेष्ठ, क्लवका अध्यक्ष पवित्रा खनाल लगायतले उहाँहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरे ।
क्लवले गर्ने हरेक सामाजिक गतिविधिको प्रचारप्रसारमा उल्लेखनीय सहयोग पु¥याए बापत उहाँहरुलाई सम्मान गरिएको क्लवका अध्यक्ष खनालले बताइन् ।