चितवनमा बस र माइक्रो ठोक्किँदा ५ जनाको मृत्यु, ८ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा बस र माइक्रो ठोक्किँदा ५ जनाको मृत्यु, ८ जना घाइते

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८२, शनिबार

    चितवन, ७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

    मृतकहरुको सनाखत भएको छैन । ३ जना पुरुष र २ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई ठक्कर दिएको थियो ।