तनहुँ टि २० क्रिकेट : वैरेनीको पहिलो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ टि २० क्रिकेट : वैरेनीको पहिलो जित

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८२, शनिबार

    दमाैली, ७ असार । तनहुँ क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी अन्तर क्लवस्तरीय टि २० क्रिकेट प्रतियोगितामा वैरेनी क्रिकेट क्लवले पहिलो जित निकालेको छ ।

    आज भएको पहिलो खेलमा आरसिवी क्रिकेट एकेडेमीलाई पराजित गर्दै वैरेनीले पहिलो जित दर्ता गरेको हो । वैरेनीले आरसिवीलाई दुई विकेटले पराजित गरेको हो ।

    टस हारेर पहिले व्याटिङ गरेको आरसिवीले १३ ओभरमा दश विकेट गुमाउँदै ७२ रन बनाएको थियो । आरसिवीका तर्फबाट रोशन शाहले दुई, निकेश गुरुङले तीन, प्रभुद्ध उप्रेतीले चार, दिपेश क्षेत्रीले २०, दिपेश श्रेष्ठले नौ, जयकुमार कुशवाहले १५, नारायण क्षेत्रीले दुई रन बनाए ।

    जवाफी व्याटिङ गरेको वैरेनीले ९.१ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेटायो । वैरेनीका तर्फबाट आराश तामाङले तीन, विश्व कार्कीले सात, सचिन लेखकले १८, दिवस कुंवरले एक, मुकेश ओझाले २१, सुरज श्रेष्ठले पाँच, मनोज यादवले दश र अनुप पौडेलले दुई रन बनाए ।

    यसअघि शुक्रबार भएको खेलमा वैरेनी राइभल्ससँग पराजित भएको थियो । समूह बिमा रहेको वैरेनी जितसँगै दुई अङ्कका साथ पहिलो स्थानमा छ ।