चितवनमा भएको दुर्घटनामा एकै परिवारका आमा, छोरा र गर्भवती बुहारीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा भएको दुर्घटनामा एकै परिवारका आमा, छोरा र गर्भवती बुहारीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८२, शनिबार

    चितवन, ७ असार । चितवनमा बस र माइक्रो ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ।

    शनिबार बिहान चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएर मृत्यु भएकोमध्ये ६ जनाको सनाखत भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

    दुर्घटनामा गर्भवतीसहित पाँच जना महिला र दुई पुरूषको मृत्यु भएको थियो।  

    मृत्यु हुनेमा एकै परिवारका तीन जना पनि परेका छन्।

    मकवानपुरकै हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको मृत्यु भएको डिएसपी खनालले जानकारी दिए।

    अन्य मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० का राजु थिङ  छन्।

    एक महिलाको शनाखत हुन बाँकी छ। उनको शव जिल्ला अस्पताल भरतपुरमा छ।

    दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरकै एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। (सेतोपाटीबाट)