दमाैली, ७ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी टि २० अन्तर क्लव स्तरीय क्रिकेट प्रतियोगितामा पेलिकन्स क्लवले दोस्रो जित हासिल गरेको छ ।
आज भएको खेलमा दमौली क्रिकेट क्लवलाई तीन विकेटलाई पराजित गर्दै पेलिकन्सले दोस्रो जित दर्ता गरेको हो । यसअघि शुक्रबार भएको खेलमा पेलिकन्सले हिमालय स्पोटस् एकेडेमीलाई दुई सय ५६ रनले पराजित गरेको थियो ।
टस जितेर पहिले व्याटिङ गरेको दमौलीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । दमौलीका तर्फबाट इम्रान शेषले आठ, अर्जुन कुमालले दुई, रुपक बरालले २०, आदिल अन्सारीले ३४, अमृत गुरुङले २१, सुवास भण्डारीले ३८, कुशल पण्डितले २० रन बनाए ।
पेलिकन्सले १५ ओभरमा सात विकेटको क्षतिमा एक सय ५६ रन बनायो । पेलिकन्सका तर्फबाट इश्वर क्षेत्रीले पाँच, दिपेश अधिकारीले २२, कृष आयरले १८, सन्दिप खत्रीले २५, करण पङ्गेनीले १२, समिर कंडेलले सात, सुप्रिम सुनारले १८, वंश क्षेत्रीले आठ, चन्द्रकान्त पौडेलले ११ रन बनाए ।
दोस्रो जितसँगै समूह सिको शीर्ष स्थानमा रहेको पेलिकन्सको चार अङ्क छ । एक जित र एक हारसँगै दमौली दुई अङ्कका साथ दोस्रो र दुई हारसँगै हिमालय स्पोर्टस् एकेडेमी शुन्य अङ्क छ ।