हत्या अभियोगमा फरार एक पक्राउ, पक्राउ पर्ने तीन पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हत्या अभियोगमा फरार एक पक्राउ, पक्राउ पर्ने तीन पुगे

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८२, शनिबार

    दमाैली, ७ असार । तनहुँको देवघाट गाउँपालिाक–५ बद्रीमुक्ति बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्या अभियोगमा फरार रहेका एक जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ४६ वर्षीय जोगी भन्ने लोकबहादुर महत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    हत्या पश्चात् फरार रहेका महतलाई चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लवले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।

    यसअघि उक्त घटनामा पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी बस्ने २८ वर्षीय बुद्धि सारु मगर र मकवानपुरको हेटौडा उपमहानगरपालिका–३ हटिया बस्ने ४२ वर्षीय राम लामा पक्राउ परिसकेका छन् ।

    बिहीबार बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयवासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापश्चात् इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा पुगेको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा निजहरु मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ । पक्राउ परेका तीन जनाले पौडेललाई कुटपिट गरेका थिए ।