दमौली, ७ असार । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सोनी शर्मालाई मातृशोक परेको छ । शर्माका आमा डम्बरकुमारी पन्थको शनिबार निधन भएको हो ।
व्यास नगरपालिका-१४ छाब्दी निवासी पन्थ केही समयदेखि अस्वस्थ थिइन् ।
यसैबीच नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पन्थको निधनप्रति दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।