


दमौली, ८ असार । तनहुँका पालिकामा नेपाल महिला संघको नयॉ नेतृत्व चयन भएको छ । शनिबार आयोजित अधिवेशनले पालिकामा संघको नेतृत्व चयन गरेको हो ।
व्यास नगर सभापतिमा सविता पण्डित क्षेत्री व्यास, भानु नगर सभापतिमा विष्णुमाया कार्की, बन्दीपुर गाउँ सभापतिमा विष्णु डल्लाकोटी, देवघाट गाउँ सभापतिमा इन्द्रा थापा मगर, ऋषिङ गाउँ सभापतिमा अप्सरा पोख्रेल, म्याग्दे गाउँ सभापतिमा राधा घिमिरे चयन भएकी छन् ।