दमाैली, ८ असार । नेपाली काङ्ग्रेसका नेता डा. शेखर काेइरालाले कर्मचारीका लागि कुलिङ पिरियड राखेरै छाड्ने बताएका छन् । नेपाल प्रजातन्न्र सेनानी सङ्घले आइतबार दमाैलीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै काेइरालाले कुलिङ पिरियडकाे प्रावधान हटाउन सचिवहरुले चलखेल गरेपनि त्यसलाई लागु गरेरै छाड्ने बताए ।
उनले भने, ‘संसदकाे राज्य व्यवस्था समितिमा सबै सांसदले एकमत भएर त्यसलाई पास गरेकाे अवस्था छ । तर प्रधानमन्त्री यसमा सहमत नभएकाे जस्ताे देखिएकाे छ । म तनहुँबाट भन्न चाहन्छु यसलाई पास गरेरै छाड्छाै छाड्छाै छाड्छाै ।’
काेइरालाले अन्य देशमा पनि यसकाे व्यवस्था भएकाले सचिवबाट अवकाश हुने बित्तिकै कुनै नियुक्त खान पाइँदैन भनेर कर्मचारीले चलखेल गर्न खाेजेकाे बताए ।
उनले काङ्ग्रेस सरकारमा भएपनि सत्तामा नभएकाे चर्चा गरे ।