तनहुँमा गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    ७ असार २०८२, आईतवार

    दमाैली, ८ असार । गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को प्रबद्र्धन तथा आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको समन्वयमा दमौलीमा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । सोमबारदेखि बुधबारसम्म अन्तर जिल्ला पुरुष कबड्डी प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगितामा प्रदेशका आठ जिल्लाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहनेछ ।

    सोमबारको खेल व्यास नगरपालिका–३ बास्केटबल कोर्टमा र मङ्गलबार र बुधबारको खेल व्यास नगरपालिका–१ फुटसल मैदानमा हुनेछ ।