दमौली, ९ असार । भिमाद नगरपालिका-३ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता पदम सेन ठकुरीले गण्डकी प्रदेश सरकारको बजेटप्रति गुनासो गरेका छन् । उनले गण्डकी प्रदेशको बजेटमा निलो कोटधारी, नेताका चम्चे अनिर्वाचितहरुले रजगज गरेको आरोप लगाए ।
उनले भने, ‘ हामीजस्ता आधारभुत तहका जनप्रतिनिधिको चौपट उपेक्षा गरियो । पटक-पटक पोखरा गई लागत इष्टमेट अनुसारको निवेदन रद्धीको टोकरीमा फालियो । अब त्यता गएर समयको बर्बाद गर्नुछैन। प्रदेश खारेजीको आवाजतिर समाहित हुनुपर्ने देखियो।’