दमौली, ९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तनहुँका सरकारी कार्यालयका प्रमुखसँग भेटेका छन् ।
आइतबार पार्टीको कार्यक्रममा सहभागी हुन तनहुँ आएका उनले कांग्रेस नेताहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय तनहुँमा सरकारी कार्यालय प्रमुखसँग भेटेका हुन् ।
उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई लगायत सहभागी थिए ।