दमाैली, ९ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमाैलीले दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाबाट विक्री गरिएकाे दूधमा प्लाष्टिक भेटिएकाे भन्ने सत्य नरहेकाे जनाएकाे छ ।
केही दिन अघि दूध तताउँदा प्लाष्टिक भेटियो भन्ने गुनासो जिल्ला प्रशासन कार्यालय तनहुँमा आएकामा खाद्य कार्यालयले गरेकाे अनुगमनका क्रममा प्लाष्टिक नभएकाे भेटिएकाे हाे । कार्यालयले गुनासाेकर्तालाई त्यसबारेमा जानकारी गराइसकेकाे प्रमुख ज्याेति आचार्यले जानकारी दिए ।
खासमा त्याे के हाे त ? आचार्य भन्छन्, “गर्मी मौसममा दूधलाई चिस्यानमा नराखी खुला वातावरणमा राखेमा, विगौती दूधलाई व्यवसायिक दूधमा मिसाएमा वा चिसोमै पनि लामो समय सम्म काँचो दूध राख्दा दूधमा ब्याक्टेरीया सूक्ष्मजीवको सङ्क्रमण भएर, दूध त्यसरी फाट्न सक्छ। त्यस्तो दूधलाई खान भने मिल्दैन, तर प्लाष्टिक नै हालेको भनेर भ्रमित चाहीँ हुनुहुँदैन।”
बिक्रीकर्ता वा संकलनकर्ताले दूधलाई दुहेपछी चाँडो भन्दा चाँडो चिस्यान केन्द्र ल्याएर ५ डिग्री भन्दा कम तापमानमा ल्याउने व्यवस्था गर्नुपर्ने उनकाे भनाइ छ ।