तनहुँका सांसद महत भन्छन् : अरुको भन्दा कम बजेट परेको छैन भन्दै हिड्को छु, नत्र नामर्द सांसदको भन्छन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका सांसद महत भन्छन् : अरुको भन्दा कम बजेट परेको छैन भन्दै हिड्को छु, नत्र नामर्द सांसदको भन्छन्

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८२, सोमबार

    पाेखरा, ९ असार । प्रदेशसभा सदस्य श्यामराज महतले सरकारको बजेट निर्वाचन क्षेत्रको आवश्यकतालाई बेवास्ता गरेर सांसदकै पहुँच र दबाबमा तयार गरिएको टिप्पणी गरेका छन् । उनले अहिले निर्वाचन क्षेत्रमा पुग्दा नामर्द भन्ने गरेको सुनाए ।

    ‘मेरो जति अरूको बजेट परेको छैन, भन्दै हिड्को छु,’ उनले भने, ‘बजेट परेन भने नमर्द सांसद भन्छन् ।’ भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि सोमबार भएको छलफलमा सांसद श्यामराज महतले ५०–५० लाखका योजना सांसदकै सिफारिसमा समावेश गरिएको आरोप लगाएका थिए । उनले भने, ‘सांसद विकास कोष छैन भनिए पनि सांसदकै मागअनुसार योजना बजेटमा राखिएको छ ।’