धादिङमा माेटरसाइकल दुर्घटना, तनहुँका रानाभाटकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङमा माेटरसाइकल दुर्घटना, तनहुँका रानाभाटकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८२, सोमबार

    धादिङ, ९ असार । धादिङकाे गजुरी गाउँपालिका-६ स्थित सडकमा बा.७० प ३२९७ नम्बरको मोटरसाइकल र बा.प्र ३-०२-३७ प ७६९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना एक जनाकाे मृत्यु भएकाे छ ।

    मृत्यु हुनेमा बा.७० प ३२९७ नम्बरको मोटरसाइकल चालक तनहुँ घर भएका ५७ वर्षीय रामचन्द्र रानाभाट रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बा.प्र ३-०२-३७ प ७६९२ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।