दमाैली, ९ असार । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उपप्रमुख खुमबहादुर विकले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
विकले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम अघिल्लै वर्षको नीति तथा कार्यक्रम कपी पेष्ट गरिएको छ । अधिकांश नीति तथा कार्यक्रम अघिल्लै वर्षको समावेश छ भने केही भने नयाँ कार्यक्रम समेटिएको छ ।