ट्रकको ठक्करबाट डुम्रेमा चार जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्रकको ठक्करबाट डुम्रेमा चार जना घाइते

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८२, सोमबार

    दमौली, ९ असार । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा आज दिउँसो ट्रकको ठक्करबाट चार जना घाइते भएका छन् । दमौलीबाट आबुखैरेनीतर्फ जाँदै गरेको ना ६ ख ७७६५ न.को ट्रकको ठक्करबाट चार जना घाइते भएका हुन् ।

    घाइते हुनेहरुमा भानु नगरपालिका–१ बस्ने ५० वर्षीया आइतीमाया तामाङ, सोही ठाउँ बस्ने ४० वर्षीया सीता सुनार, २८ वर्षीय सञ्जिव बस्नेत र स्याङ्जाको वालिङ नगरपालिका–५ बस्ने ४० वर्षीय रामबहादुर सार्की रहेको प्रहीले जनाएको छ। घाइतेमध्ये रामबहादुर माइक्रो चालक हुन् । ट्रकले रोकिराखेको बा ३ ख १०३१ नम्बरको माइक्रोलाई समेत ठक्कर दिएको थियो ।

    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भइ ट्रकले सडकछेउमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।