गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु, पहिलाे दिन पाँच खेल सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु, पहिलाे दिन पाँच खेल सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८२, सोमबार

    दमाैली, ९ असार । गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा आजदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ ।

    प्रतियोगितामा प्रदेशभित्रका आठ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। उद्घाटन खेल व्यास नगरपालिका–३ बास्केटबल कोर्टमा खेलाइएको थियो भने मङ्गलबार र बुधबारको खेल व्यास नगरपालिका–१ फुटसल मैदानमा हुनेछ ।

    प्रतियोगिता अन्तर्गत पहिलो दिनको पाँच खेल सम्पन्न भएको छ । तनहुँ र स्याङ्जाबीच भएको खेलमा तनहुँ, नवलपुर र म्याग्दीबीच भएको खेलमा नवलपुर, कास्की र गोरखाबीच भएको खेलमा कास्की, बागलुङ र पर्वतबीच भएको खेलमा बागलुङ र तनहुँ र नवलपुरबीच भएको खेलमा नवलपुर विजयी भएको छ ।

    गण्डकी प्रदेश कबड्डी सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको खेलमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै लगायतले बाेलेका थिए ।