दमाैली, २६ असार । व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा राष्ट्रिय झण्डा झण्डाेत्ताेलन गरिएकाे छ ।
लियो क्लब अफ तनहुँ निर्मल अल्फाले बिहीबार विद्यालयमा झण्डाेत्ताेलन गरेकाे हाे । व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले झण्डाेत्ताेलन गरेका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर बस्नेत, लायन्स क्लब अफ तनहुँका सचिव अनिल कुमार श्रेष्ठ, लियाे क्लव अफ तनहुँका अध्यक्ष राेविन श्रेष्ठ, निवर्तमान अध्यक्ष आकाश खनाल लगायत सहभागी थिए ।